ड्युटी गर्दा-गर्दै ढलेका असई गोविन्द

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २ गते आइतवार

धनगढी : प्रहरी सहायक निरीक्षक गोविन्द विकको काँधमा धनगढी उपमहानगरपालिकाका तीन वडाको शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने दायित्व थियो। यो क्षेत्र भारतको खुला सीमासँग जोडिएको थियो। समाजभित्र हुने सामान्य घटना र दुर्घटनामात्र होइन दुई देशका अपराधीहरूले पनि यही क्षेत्रबाट गतिविधि गर्थे। यति ठूलो दायित्व पूरा गर्न धनगढी–१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीमा १०-१२ जनामात्रै प्रहरी थिए। विक केही महिनादेखि  उक्त चौकीका इञ्चार्ज थिए।

भारतसँगको खुला सीमा जोडिएको संवेदनशील क्षेत्रमा स्थानीयको सुरक्षा गर्नु र नाकामा तस्करसँग भिड्नु उनको मुख्य चुनौती थियो। पछिल्लो समय सुदूरपश्चिम प्रहरीले चाडवाड लक्षित सुरक्षा रणनिति लागु गरेको छ। जसमा सीमावर्ती क्षेत्रमा विशेष निगारानी बढाउने, राति बिनाकाम हिँडडुल गर्न नदिनेजस्ता कुरा पर्छन्।

दुबैजना बेलुका ८ बजेतिर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल लिएर ड्युटीमा निस्के। गस्तीमा गएका दुबै जना वडा नम्बर १० मा पुगेका थिए। त्यहाँ एक जना स्थानीयको घरमा जन्मदिनको कार्यक्रम थियो। होहल्ला भएपछि कसैले प्रहरीलाई खबर गएको थियो।‘असईलाई मैले राति ११ बजेतिर फोन गरेको थिएँ, उनले मोहना किनारतिर ड्युटीमा गएको र एकछिनमै फर्किने भनेका थिए,’ स्थानीय चन्द्र बिकले भने।

एक घन्टा बित्यो, दुई घन्टा बित्यो तर प्रहरी आएनन्। बिहानसम्म उनीहरू कार्यालयको सम्पर्कमा पनि आएनन्। जुगेडा प्रहरी चौकीले माथिल्ला निकायमा खबर गर्‍यो।खबर पाउनासाथ जिल्ला, प्रदेश र संघीय प्रहरी इकाइबाट खोजीको काम सुरू भयो।कैलालीका प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले दुबै जनाको खोजीका लागि कुकुरसहितको प्रहरी टोली, सशस्त्र प्रहरी पनि र अरु संयन्त्र पनि परिचालन भएको बताए।

बिहान ९ बजेतिर मोहना नदीमा एक जनाको शव फेला पर्‍यो। मोहना नदीले नेपाल र भारत सीमा छुट्याउँछ। किनारमा निकालेर हेर्दा त्यो शव असई बिकको भएको पुष्टि भयो। उनको घाटी रेटिएको थियो भने टाउकोमा पनि चोट लागेको थियो।  शव भेटिएको ५० मिटर माथि नदीभित्रै एउटा मोबाइल फेला परेको छ। मोबाइल भएको नदी किनारतिर रगतका डाम पनि छन्।

 

सेतो पाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार