दाङ : राप्ती प्रादेशीक अस्पताल तुलसीपुरले जटिल खालका शल्यक्रिया गर्न शुरु गरेको छ । आइतवार अस्पतलामा गरिएको पत्रकार सम्मेलनमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्बेश शर्माले २०७६/७७ मा २६ प्रतिशत जटिल खालको शल्यक्रिया गरिएको जानकारी दिए । उनका अनुसार २०७४/७५मा जटिल खालको शल्यक्रिया मात्र ४ दशमलव ३० प्रतिशत गरिएको थियो, भने २०७५ /७६मा ९ दशमलव ७० प्रतिशत जलिट खालको शल्यक्रिया गरिएको थियो । साथै बिशेषज्ञ चिकित्सक,जनशक्ति र इक्यूप्मेन्ट उपलब्धताका कारण जटिल खालका शल्यक्रिया यसै अस्पतालमा गर्न शुरु गरेका कारण झण्डै ३ गुणाले बृद्धि भएको उनको भनाइ छ । यसअघि जटिलखालका शल्यक्रियाको लागि जिल्ला बाहिरका अस्पतालमा रिफर गर्ने गरिन्थ्यो ।
त्यस्तै सामान्य खालका शल्यक्रिया भने आर्थिक बर्ष २०७६/७७ मा कमी भएको उनले बताए । जटिल खालका शल्यक्रिया हुन थालेपछि सामान्य शल्यक्रियाको अभिलेख नराखिएको डा. शर्माले बताए । त्यसैगरी अस्पतालका अनुसार सामान्य खालको शल्यक्रिया आर्थिक बर्ष २०७६/७७मा ७४ प्रतिशत भएको थियो, भने आर्थिक बर्ष २०७५/७६ मा ९० दशमलव ३० प्रतिशत र आर्थिक बर्ष २०७४/७५ मा ९५दशमलव ७० प्रतिशत रहेको छ । मेशु डा. शर्माका अनुसार २०७४÷७५ मा २ सय २३ जना बिरामीको उपचारका लागि १ जना चिकित्सकको ब्यबस्था थियो,भने २०७५/७६ मा ४ सय ३८ बिरामीका लागि १ जना डाक्टर उपलब्ध गराइएको थियो, भने २०७६/७७ मा ३ सय ६ जना बिरामीका लागि १ जना चिकित्सकको ब्यबस्था गरिएको थियो । साथै ३ हजार २ सय ८१, आर्थिक बर्ष २०७५/७६ मा ३ हजार ६ सय ४९ र २०७६/७७ मा ४ हजार ४४ जनाको शल्यक्रिया गरिएको छ ।
अस्पतालमा आर्थिक बर्ष २०७४/७५ मा सुत्केरी हुनेको संख्या २ हजार ५६ ,२०७५/७६ मा २ हजार ९ सय ८४ र आर्थिक बर्ष २०७६/७७मा ३ हजार ५ सय ८५ जना सुत्केरी भएका छन् । त्यसमध्य सामान्य तरिकाले सुत्केरी भएको संख्या आर्थिक बर्ष २०७६/७७ मा ३ हजार २३ जना,जटिलखालको सुत्केरी ७७ जना,शल्यक्रिया मार्फत सुत्केरी गराएको ४ सय ८५ जना,जटिल तरिकाले शल्यक्रिया मार्फत सुत्केरी गराएको ७ सय ३ जना,हस्पीटलमा उपचारका क्रममा संक्रमण भएका र जटिल सल्यक्रिया भएको संख्या १५ जना रहेका छन् ।
जटिल समस्याका लागि चाहिने औजार तथा मेसीनहरुको उपलब्धता समेत रहेको अस्पतालले जनाएको छ । उनका अनुसार अस्पतालमा बायो केमेष्ट्रि एनालाईजर चालु अबस्थामा २ थान ,जेनेरेटर २ थान ६२ दमलव ५ केभीए र २० केभिएको रहेका छन् । त्यस्तै आईसियू भेन्टीलेटर ३ थान मध्ये १ वटा कोरोना बिशेष अस्पताल बेल्झुण्डीमा रहेको छ । आईसियू मोनिटर १५ थान,आईसियु बेड १० थान,ओटी टेवल ३ थान र हाईपो ओ टु १ थान रहेको बताए । अस्पताल बिकास समितिका अध्यक्ष पद्म प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अस्पतालका सूचना अधिकारी बालकृष्ण चौधरीले गरेका थिए । ।