तुलसीपुरबाट थप ८ जना कोरोना मुक्त

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २ गते आइतवार


तुलसीपुर :  तुलसीपुरमा आइतवार ८ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमित भइ १४ दिन सम्म होम आइसोलेसनमा बसेका र १४ दिन सम्म कुनै पनि कोरोना संग सम्बन्धित लक्षण नदेखिएका साथै पुनः पीसीआर परीक्षणमा नेगेटिभ देखिएका ८ जनालाई होम आइसोलेसनबाट डिस्चार्ज गरिएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

डिस्चार्ज हुनेमा वडा नं. ७ का ३१,३२, ३४ बर्षीय पुरुष र ३५ बर्षीया महिला, वडा नं. ६ का १५,३०,३६ बर्षीय पुरुष रहेको उनले जानकारी दिए । त्यस्तै वडा नं. १० की २१ बर्षीया महिला डिस्चार्ज भएकी हुन् । योसंगै तुलसीपुरमा कोरोना संक्रमण भइ कोरोना मुक्त भएको संख्या २३४ पुगेको छ ।त्यसै गरी सकृय संक्रमित संख्या १४४ जना रहेको छ, भने कुल कोरोना संक्रमित संख्या ३७८ जना रहेको फोलक पर्सन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार