तुलसीपुर : आरोग्य नेचर केयर अस्पतालको भवनको शिलन्यास गरिएको छ । शनिवार तुलसीपुरमा एक कार्यक्रमका विच १० शैयाको अस्पतालको भवन शिलन्यास गरिएकोहो । तुलसीपुर–६ रजौरामा करिव दुई करोड लागतमा निर्माण हुन लागेको अस्पतालको भवनको शिलन्यास नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले गरेका हुन् ।
विगत ४ बर्ष देखि तुलसीपुरमा सेवा दिदै आएको आरोग्य प्राकृतिक क्लिनिकले प्राकृतिक चिकित्सा सेवालाई प्राचिन, आधुनिक र वैज्ञानिक ढंगबाट सञ्चान गर्न रजौरामा जग्गा लिजमा लियर १० शैयाको अस्पताल सञ्चालन गर्न भवन निर्माण सुरु गरेको डा. उमेश केसीले जानकारी दिएका छन् । भवनको शिलन्यास गदै प्रमुख अतिथि पोख्रेलले प्राकृतिक चिकित्साद्धारा सेवा प्रदान गदै आएको आरोग्य प्राकृतिक क्लिनिकले दिदै आएको सेवा विश्वनिय भएको बताए ।
उनले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरि समयमै अस्पतालले सेवा प्रवाह गर्न तर्फ लाग्नुपर्ने बताए । हाल आरोग्य प्राकृतिक क्लिनिकले प्राकृतिक चित्साद्धारा विभिन्न किसिमका सेवाहरु दिदै आएको छ । क्लिनिकले विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण, प्राकृतिक चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, फिजियोथेरापी, अकुपंचर, अकुप्रेशर, मसान थेरापि, योग, प्याथोलोजीलगायतका सेवाहरु दिदै आएको प्राकृतिक चिकित्सक डा. उमेश केसीले जानकारी दिए । शिलन्यास गरिएको भवन निर्माण समयमै निर्माणको काम सकेर माघ देखि अस्पतालले सेवा दिने बताएको छ ।