घोराहीमा शुक्रवार सम्म संक्रमितको संख्या ६४१, निको ४१६, सक्रिय संक्रमित २२१

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १ गते शनिवार

दाङ : घोराही उपमहानगरमा शुक्रवार सम्म कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ । हिजो मात्र थप १६ जना संक्रमित थपिएका थिए । हाल सम्म ३ हजार ८१६ जनाको स्वाब परीक्षण गर्दा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

ति संक्रमित मध्य हाल सम्म ४१६ जना निको भएर डिस्चार्ज भएका छन् । साथै अहिले २२१ जना सक्रिय संक्रमितहरु रहेको शाखाले जनाएको छ । हाल सम्म घोराही उपमहानगरमा ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार