दाङमा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १ गते शनिवार

दाङ  :  दाङमा शुक्रबार मात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकमा संकलन गरिएको स्वाव परिक्षण गर्दा सबैभन्दा धेरै संक्रमित लमही क्षेत्रका रहेका छन् । लमहीका २४ जना, तुलसीपुरका ११ जना , घोराहीका १७ जना, राप्ती र राजपुरमा १/१ जनामा संक्रमण देखिएको छ भने सातजना जिल्ला बाहिरका रहेका छन् ।

योसंगै जिल्लामा संक्रमितको संख्या १ हजार ७०८ पुगेको छ, ति मध्य १ हजार १६६ संक्रमितहरु निको भइसकेका छन् । दाङमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ, भने हाल सम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार