४ लाख घुस सहित प्रहरी हवल्दार र उनकी श्रीमती पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३० गते शुक्रवार

बुटवल :  इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी ४ लाख घुस सहित पक्राउ परेका छन् । धरौटीमा छुटाइ दिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको ४ लाख घूस सहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिए ।

शुक्रवार दिउसो साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार