शरद रेग्मी
दाङ : नेपाल उद्योग बाणिज्य सघंको आसन्न महाधिवेशनमा उम्मेदवार बनेका केन्द्रिय सदस्य पदका उम्मेदवारहरुको टोली कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा पुगेको छ । महासंघले तेस्रो पटक महाधिवेशनको मिति सारेर मंसीर १० र ११ गतेको काठमाण्डौमा साधारणसभा र महाधिवेशन गर्ने घोषणा गरेपछि कोरोना महामारी लाई छिचोल्दै महासघंको टोली जुम्ला सम्म पुगेको हो । महासघंका केन्द्रिय सदस्य किशोर आचार्यको नेतृत्वमा तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बीर बहादुर रावत, पूर्वध्यक्ष एवम सरसफाई अभियान्ता बिमल रिजाल, कोहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी ,रिपोटर्स क्लबका दाङका अध्यक्ष शरद रेग्मी,सहित ब्यबसायीहरुको टोली सुर्खेत, दैलेख,जाजरकोट र जुम्ला सम्म पुगेको थियो ।
सो अबसरमा बोल्ने निजिक्षेत्रका अगुवाहरुले कर्णालीको विकास र पर्यटन प्रबद्र्धन गर्न संघीय र प्रदेश सरकारले खासै चासो नदेखाएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले कर्णालीमा लगानीको बाताबरण सृजना गर्दै त्यहाँ उत्पादन भएका बहुमुल्य जडिबुटि र स्याउको बजार भाउ बिस्तार र बजारिकरणका लागि आबश्यक पर्ने पूर्वाधारहरुमा सहकार्य गर्न महासंघले भुमिका खेल्नुपर्ने बताएका थिए । सो अबसरमा टोलीले सुर्खेत उद्योग बाणिज्य सघंका अध्यक्ष धन बहादुर रावत,दैलेख उद्योग बाणिज्य सघंका अध्यक्ष कुल बहादुर बिक,कालिकोट उद्योग
बाणिज्य सघंका अध्यक्ष रतन शाही , जुम्ला उद्योग बाणिज्य सघंका अध्यक्ष रज्जब अलि मनिहार,नेपालगन्ज उद्योग बाणिज्य सघंका अध्यक्ष अब्दुल वहिद मन्सुरी, गुलरिया उद्योग बाणिज्य सघंका अध्यक्ष बीर बहादुर चौधरी र बर्दिया उद्योग बाणिज्य सघंका अध्यक्ष कृष्ण रेग्मीसगं कार्यकक्षमै पुगेर ब्यबसायिक चुनौती र अबसरका बारेमा छुट्टाछुट्टै छलफल गरेको थियो ।
सो अबसरमा बोल्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले महासंघले जिल्ला नगरका समस्याप्रति तत्काल चासो दिनु पर्ने बताए । उनले राज्यका हरेक निकायसगं सहकार्य गर्दै अगाडि बढ्न सके मात्रै ब्यबसायिक सरलता प्राप्त हुने बताए । रिजालले दुर दराजमा रहेका निजि क्षेत्रहरुसंगको सहकार्य बिना विकासको ढोका खोल्न राज्यलाई समेत मुश्किल पर्ने औल्याए । त्यस्तै उनले देशभरी छरिएर रहेका ब्यबसायीहरु विच ब्यबसायिक एकता भने अपरिहार्य रहेको समेत बताए । `