पश्चिम दाङको खिलतपुरमा एक व्यक्ति मृत फेला

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३० गते शुक्रवार


बबई : बबई १ खिलतपुर निवासी ३७ बर्षिय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर नजिक नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरिक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

 

मृतक केसीले डिप्रेसनको औषधी खाने र मापसे सेवन गर्ने गरेको स्थानियले बताएको प्रहरी निरिक्षक केसीले जानकारी दिए । मृतकको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार