तुलसीपुरको तरकारी बजारमा कन्ट्याक्टलेस हात धुने सामग्रीहरू

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३० गते शुक्रवार

 तुलसीपुर :  तुलसीपुरमा रहेको तरकारी बजार क्षेत्रलाई मध्यनजर गरेर विश्व हात धुने दिवसको अवसर पारेर कन्ट्याक्टलेस हात धुने स्थानका लागि सामग्री प्रदान गरिएको छ । न्यूसीपिसि तुलसीपुर दाङद्वारा तुलसीपुर तरकारी बजार ब्यवस्थापन समितिलाई एक कार्यक्रमका बीच कन्ट्याक्टलेस हात धुने स्थानको लागि सामग्रीहरू प्रदान गरिएको हो ।

तुलसीपुर उपमहानगर–पालिकासँगको समन्वय युनिसेफ नेपालको सहयोगमा न्यूसीपिसि तुलसीपुर दाङद्वारा सञ्चालित काेिभड–१९ प्रतिकार्य कार्यक्रम अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कोभिड प्रतिकार्यका लागि र स्वास्थ्य सुरक्षाका लागि तरकारी बजारमा हात धुने व्यवस्थापन हुँदा रोगबाट बच्न सकिने हुनाले यस्ता सामग्री प्रदान गरिको कार्यक्रम संयोजक विनोद कुमार शर्माले बताए ।

उनले तुलसीपुरका विभिन्न सात स्थानमा यस्तो खालको सहयोग रहेको समेत जानकारी दिए । मान्छेको बढी सम्पर्क हुने र उपयुक्त स्थानहरूमा हात धुने कन्ट्याक्टलेस सामग्रीहरू स्थापना गरिएको बताए ।

तरकारी बजार ब्यवस्थापन समितिका सचिव माधव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा न्यूसीपिसि तुलसीपुर दाङका उमेश खरेल, प्रकाश केसी, नेपाल रेडक्रस सोसाईटीका सन्तोष ढकाल, थानेश्वर पोखरेल, लोकराज भण्डारी,

तरकारी बजार ब्यवस्थापन समितिका सदस्य झूपलाल खड्का, तुलसी कुमारी भण्डारी, उमा वली, रन्जिता खत्री, राधिका चापागाईंलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण तथा सामग्री हस्तान्तरण न्यूसीपिसि तुलसीपुरका कार्यक्रम संयोजक विनोद कुमार शर्माले गरेका थिए । जोखिमपूर्ण अवस्थामा सावुनपानीले हात धुने विधिको प्रदर्शनी गर्नुका साथै हात धुने सामग्रीको सही सदुपयोग र दिगोपनाको बारेमा जानकारीसमेत गराइएको थियो ।

प्रदेश टुडे पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार