लक्ष्मण बस्नेत
दाङ : इन्टर दाङ टि–२० क्रिकेट २०७७ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । हेल्पिङ सौल दाङको आयोजनामा महेन्द्र माबी खेल मैदान तुलसीपुरमा बिहिवार सम्पन्न फाइनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पाखा लगाउदै त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधी उचालेको हो । उपाधी संगै उसले नगद २५ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक आभाष बुढाथोकीले जानकारी दिए । उता फाइनलमा पराजित ज्ञान ज्योती नगद १० हजार, ट्रफी,मेडल, प्रमाणपत्र मा चित्त बुझाउदै उपबिजेतामा सिमित रह्यो ।
टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुदै ७७ रन बनाएको थियो । जसमा त्रिशिद्धेश्वरीका युवराज ओली र भरत ओलीले समान १७ /१७ रनको योगदान दिएका थिए । बलिङ तर्फ ज्ञानज्योतीका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए भने कमल ओलीले २ विकेट लिए । प्रतिउत्तरमा ७८ रन को बिजयी लक्ष्य पाएको ज्ञान ज्योती १५ दशमलव १ ओभरमा ६९ रन अलआउट भयो । जसमा प्रबिन अधिकारीले १९ रन बनाए । बलिङ तर्फ शंकर बुढाले सर्वाधिक ४ विकेट लिए भने स्माईल अन्सारी र सन्दिप डाँगी समान २/२, तथा तिलक बौडेल र करण सार्कीले समान १/१ विकेट लिएका थिए । म्यान अफ द फाइनल त्रिशिद्धेश्वरीका शंकर बुढा भए ।
कोरोना भाइरसका कारण ठप्प बनेको जिल्लाको खेलकुद गतिबिधीलाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाइएको थियो । प्रतियोगितामा अम्पायरको भुमिकामा नव राज केसी,सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहेका थिए । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौलका अध्यक्ष सागर देवकोटाको अध्यक्षता भएको थियो ।
सो अबसरमा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रिशिद्धेश्वरीका शंकर बुढा,बेष्ट ब्याट्सम्यान, त्रिशिद्धेश्वरीकै करण सार्की,बेष्ट बलर,बेष्ट फिल्डर त्रिशिद्धेश्वरीका भरत ओली, सिद्धार्थ एकाडेमीका केशव अधिकारी म्यान अफ द सिरिज, बेष्ट सिक्सर दङ्गाली पल्टका कमल चौधरी र फेयर प्लेय टिम वडा नं. ७ घोषित भयो । हेल्पिङ सौलका आइडिभिसिसी सनम ओलीले संचालन गरेको समापन समारोहमा धन्यवाद ज्ञापन प्रतियोगिताका सह–संयोजक राजिव पौडेलले गरेका थिए ।