काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या १ लाख २१ हजार सात सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ७ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा ३ हजार ५ सय ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५ सय १८ पुगेको छ ।
अब नेपालमा ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ८ सय २५ जना क्वारन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।