तुलसीपुरमा विहीवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २९ गते बिहिवार

तुलसीपुर : तुलसीपुरमा विहीवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा फिवर क्लिनिकबाट लिएको स्वाव पीसीआर परीक्षण गर्दा तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी सहित अन्य व्यक्तिहमा कोरोना संक्रमित पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीजले जानकारी दिए ।

संक्रमित हुनेहरुमा वडा नं. १ की १८,२० बर्षीय महिला, ४४ बर्षीय पुरुष, वडा नं. ४ की २२ बर्षीय महिला, वडा नं. ५ की २७ बर्षीय महिला, २८,५०,६३ बर्षीय पुरुष, वडा नं. ६ का २३,२४,२६,३२,३७,३७,५८ बर्षीय पुरुष, ५९ बर्षीय महिला रहेका छन् । त्यस्तै वडा नं. ३२, ७७ बर्षीय पुरुष, वडा नं. ९ का ७, १९ बर्षीय पुरुष, वडा नं. १६ का ४५ बर्षीय पुरुष र वडा नं. १९ का ५८ बर्षीय पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३६८ जना पुगेको छ, भने संक्रिय संक्रमित संख्या १४२ जना रहेको छ । हाल सम्म कोरोना मुक्त हुनु भइ घर फर्किएको संख्या २२६ जना रहेको छ । साथै ५ जनाले कोरोना विशेष अस्पतालमा उपचार गराइ रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार