तुलसीपुर : तुलसीपुरमा बुधवार उपमहानगरका सुचना अधिकृत सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा फिवर क्लिनिकबाट लिएको स्वाब पीसीआर परीक्षण गर्दा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकृत ,स्वास्थ्य कर्मीहरु ,कर्मचारी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
संक्रमित हुनेमा वडा नं.५का २८ बर्षीय पुरुष, वडा नं. ६ का १७ , २६, ३२, बर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नंं. ७ का २७ र ३४ बर्षीय पुरुष, वडा नं. १४ का ३६ बर्षीय पुरुष, वडा नं. १८ का ३९ बर्षीय पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिए ।
त्यस्तै फ्लोअफमा गएका तुलसीपुर ७ का २७ बर्षीय महिला र २८ बर्षीय पुरुषमा कोरोना संक्रमण भएको उनले बताए । योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३४६ जना र संक्रिय संक्रमित संख्या १२३ जना छन्, भने कोरोना मुक्त भएको संख्या २२३ जना रहेको केसीले जानकारी दिए ।