माटोको ढिस्कोमा पुरिदाँ बबई ३ की केसी गम्भिर घाइते, उपचारमा समस्या

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २७ गते मङ्गलवार


दाङ :  दाङमा घर लिप्ने कमेरो मोटा लिन जादाँ माटोमा ढिस्कोमा पुरिएर एक महिला गम्भिर घाइते भएकी छन् । बबई गाउँपालिका ३ निवासी दिपा केसी यहि असोज १९ गते कमेरो माटो लिन गएको बेला माटोको डिस्कोले पुरीदाँ उनको शरीररका धेरै जस्तो भागहरु भचिएको छ, भने कम्मरदेखि मुनिको कुनै पनि भाग चल्दैन् ।

घरदेखी केही टाढा रहेको जंगलमा कमेरो माटो पाइन खाडलमा पसेर निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेर उनी खाडलमा पुरिएकी थिइन् । खाडलमा पुरीएकी केसीलाई स्थानियले उद्धार गरेका थिए । त्यसपछि उनलाई उपचारको लागी तुलसीपुर ल्याएको भएता पनि यहाँ सम्भब नभएपछि उनलाई काठमाडौं रिफर गरिएको छ ।

उनको अहिले काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । उपचारको लागि करीब १० / १२ लाख खर्च लाग्ने भएको उनका श्रीमान रुद्र केसीले जानकारी दिए । मध्यम बर्गाीय परिवार भएकाले उक्त आर्थिक रकम जुट्याउन निकै सकस परेको छ । त्यसैगरी उनले श्रीमतीको उपचारको लागी आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार