कोरोना विशेष अस्पताल बेलझुण्डीमा १३ जना संक्रमित भर्ना, ५ जना आइसीयुमा

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २७ गते मङ्गलवार

तुलसीपुर :  कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । हाल अस्पतालमा १३ जना संक्रमित मध्य ५ जनाको आइसीयुमा, ७ जनाको जनरल वार्ड र १ जनाको एचडियुमा उपचार भइरहेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा दाङका ९ जना, रोल्पा र रुपन्देहीका २/२ जना रहेका छन् । जसमा तुलसीपुर, घोराही र बबई गाउँपालिकाका रहेका छन् । आइसीयुमा उपचाररत तुलसीपुर र घोराहीको रहेको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारद्धारा सन्चालित कोरोना विशेष अस्पतालमा अहिले कोरोना लक्षण देखीएका संक्रमित मात्रै रहेका छन् । अस्पतालमा यस अघि सुरुमा कोरोना आसंकामा रहेका व्यक्तीहरुलाई राख्ने गरिएको थियो ।त्यसपछि कोरोना संक्रमितलाई मात्रै राख्ने गरिएकोमा प्रदेश सरकारले आइसीयुको समेत व्यवस्थापन गरी लक्षण देखीएकाहरुलाई राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार