बिपद् ब्यबस्थापनका लागि रणनीतिक योजना आबश्यकता

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २७ गते मङ्गलवार

फाइल फोटो

दाङ :  विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन,  सुरक्षित भविष्यका लागि हाम्रो अभियान नाराका साथ नेपालमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम गरी विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइएको छ । नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । यसपाली कोरोना भाइरसको सङ्क्रमणले विश्वमा नै असर गरेको छ ।

विपद्ले मानविय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिदै आएका छन् ।
यसबर्ष अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनीकरण दिवस २०२० बिपद जोखिम न्यूनीकरणका लागि प्रभाबकारी सुशासन(रणनीतिक योजना) बिषयक सम्बाद तुलसीपुरमा सम्पन्न भएको छ ।

संबाद समूह सचिवालय र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा,घोराहि उपमहानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपाने,बबई गाँउ पालिकाका फोकल पर्सन भुवन चन्द,शान्तिनगर गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगी,फोकल पर्सन कृष्ण कँडेल,राप्ती गाँउपालिकाका उपाध्यक्ष जगदम्बा चौधरी, बिपद् फोकल पर्सन सुवास भटट्राईले बिपद् जोखीम न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, बंगालाचुली गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वली,तयार नेपाल परीयोजनाका गोमा वली,प्याट्रिकल एक्सनका प्रोजेक्ट म्यानेजर कृष्ण बसौला,अधिकारकर्मी निर्मल नेपाली,नेपाल पत्रकार महासंकी उपाध्यक्ष लिला शाह,अपाङगताका तर्फ बाट हुमाकान्त कँडेल, लगाएतले आ–आफनो भनाइ राखेका थिए । संवाद समुहका सहजकर्ता सुष्मा गिरीको अध्यक्षतामा भएको भर्चुअल संवाद कार्यक्रमको संबाद समूहका बरिष्ठ सहजकर्ता सुशिल बस्नेतले गरेका थिए ।

सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो ।
नेपालमा यो वर्ष ६ महिनाको अवधिमा बाढीरपहिरो तथा चट्याङबाट मात्रै ३ सयभन्दा धेरैले ज्यान गुमाएका छन् ।  बाढी र पहिरोमा ७० जनाभन्दा धेरै हराइरहेका प्राधिकरणको तथ्याङ्क छ ।

२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो । मानविय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढीरपहिरो, हिमपहिरो तथा भूकम्पको जोखिममा छ । भूकम्पको हिसाबले विश्वको ११ औँ तथा बाढीरपहिरोलगायतका प्रकोपका हिसाबले ३० औँ स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार