फाइल फोटो
कास्की : कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असोज २६ गते फेला पारेको छ ।
धादिङ घर भएका २२ वर्षिय सुरज नगरकोटी सोमबार उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोर सहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस