लुम्बिनी प्रदेशमा चाडपर्वलाई लक्षित गरी ७ हजार २३३ जना प्रहरी परिचालन

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २७ गते मङ्गलवार

फाइल फोटो

दाङ : लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले चाडपर्वमा अपराध नियन्त्रण गर्नको लागी ब्यापक रुपमा प्रहरी परिचालन गरेको जनाएको छ । कार्यालयले चाडपर्व विशेषलाई लक्षित गरी प्रदेश अन्तर्गत गस्ती,पेट्रोलिङ चेकजाचँ लगाएत शान्ति सुरक्षा कायम गर्नको लागी ७ हजार २३३ जना प्रहरी परिचालन गरेको जनाएको छ । त्यस्तै सुरक्षित यात्रा गर्ने क्रममा यात्रुहरुलाई कुनै पनि समस्या भएमा आवश्यक सहयोग वा समन्वय गर्नको लागी प्रदेशका ३० ठाउँमा ट्राफिक तथा जनपद प्रहरी सहित ३० वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिदै आएको कार्यालयले जनाएको छ ।

त्यस्तै जुवा,तास तथा अवैध क्रियाकलाप नियन्त्रण गर्न प्रदेशका विभिन्न जिल्लामा २५ वटा विशेष प्रहरी टोली परिचालन गरेको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए । उनका अनुसार ओभर स्पिड, ओभर लोड, मापसे सेवन गरी सवारी चलाउने, झुण्डिर, छतमा चढेर यात्रा गरी हुन सक्ने दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरी सहित ४१ वटा प्रहरी परिचालन गरिएको छ । त्यस्तै ग्रामिण गस्ती, गाउँ– गाउँमा नागरिक भेटघाट कार्यक्रम गर्दै गाउँमा प्रहरी उपस्थिती देखाउन ५९० प्रहरी इकाईहरुबाट दैनिक गस्ती पेट्रोलिङको ब्यवस्था गरिएको छ । त्यसैगरी गुण्डागर्दी,चोरी,लुटपाट, झै–झगडा लगाएत क्रियाकलाप नियन्त्रण गर्नको लागी विभिन्न प्रहरी इकाइबाट २५ वटा प्रहरी टोली परिचालन गरिएको प्रवक्ता बैदवारले जानकारी दिए ।

त्यस्तै रातको समयमा हुन सक्ने लागुऔषध, हातहतियार,मानब बेचविखन ओसार पोसार लगाएतका अपराधिक क्रियाकलाप रोक्नको लागी प्रदेश अन्र्तगत राजमार्ग तथा सहायक राजमार्गहरुमा ६५ ठाउँमा चेक प्वान्इट राखी निगरानी तथा चेकजाचँको ब्यवस्था मिलाएको समेत उनले जानकारी दिए । त्यसैगरी सिमा क्षेत्रमा हुने चोरी, तस्करी, लुटपाट,ठगी, डकैती जस्ता अपराधिक घटनाहरु निरुत्साहित गर्नको लागी सिमा क्षेत्रमा अवस्थीत ७० वटा प्रहरी इकाइहरुबाट गस्ती,पेट्रोलिङ र सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट अनुगमनको ब्यवस्था मिलाइएको समेत उनले जानकारी दिए ।

साथै महिला, बालबालिका, जेष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई यात्राको क्रममा कुनै पनि हिंसा भएमा तत्काल उद्धार तथा काननु कारबाहीका लागी प्रदेशका १२ जिल्लामा १२ वटा प्रहरी टोली परिचालन गरिएको प्रवक्ता एंव एसएसपी बैदवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार