घोराहीमा सोमबार थप २० जनामा कोेरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार

दाङ :  घोराही उपमहानगरपालिकामा सोमबार सम्म ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २० जनामा कोेरोना संक्रमण पुष्टि भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । हाल सम्म ३ हजार ८१६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ५६३ जनामा कोरोना पुष्टि भएको शाखाले जनाएको छ । संक्रमित मध्य ४०२ जना निको भएर डिस्चार्ज भएका छन्, भने संक्रिय संक्रमितको संख्या १५७ रहेको शाखाले जनाएको छ । साथै हाल सम्म ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार