नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ संक्रमित थपिए, १४७३ डिस्चार्ज, ९ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमित मध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ । आज ९ जना संक्रमितहरुको मृत्यु भएको छ । जसमा त्यस्तै सोमबार १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन । योसंगै देशभरी ७७ हजार २ सय ७७ जना कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार