मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रमुख सचेतक शाहलाई जिम्मेवारी मुक्त

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई जिम्मेवारीबाट मुक्त गरेका छन् । शाहलाई जिम्मेवारीबाट हटाइ मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएका छन् ।

शाहको काम कारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले हटाएको जानकारी दिए । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधान धारा ९७० अनुसार पदमुक्त गरिएको र अहिलेसम्म गरेको कामका लागि शाहलाई धन्यवाद दिएका छन् । सत्तापक्षकै सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुलिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार