तुलसीपुरमा १८ महिने बालिका सहित थप १६ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार

दाङ : तुलसीपुरमा सोमवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा फिवर क्लिनिकबाट लिएको स्वाव परीक्षण गर्दा मा १८ महिने बालिका सहित ६ महिला र १० पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमित हुनेहरुमा वडा नं. ६ का ११ जना २५, २८,२८,२९, ३२, ३७, ४९, बर्षीय पुरुष, १८ महिने बालिका, २७,४७ बर्षीया महिला रहेका छन् । त्यस्तै वडा नं. ५ मा ४३ बर्षीय पुरुष, २८ ,४१ बर्षीय महिला गरी ३ जना, वडा नं. ४ मा ३३ बर्षीय पुरुष र वडा नं. ७ मा ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।

आजका संक्रमित मध्य केही सरकारी कार्यालयका कर्मचारी समेत रहेको उनले बताए । योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३२४ जना पुगेको छ, भने सकृय संक्रमित संख्या १०६ जना रहेको उनले बताए । हहालसम्म कोरोना मुक्त हुनु भइ घर फर्किनेको संख्या २१८ पुगेको छ । ह

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार