लागुऔषध मुद्धामा दोषी ठहर भइ फरार नेपाली पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार

तुलसीपुर : लागुऔषध मुद्धामा दोषी ठहर भई फरार भएका तुलसीपुरका एक जना पक्राउ परेका छन् । तुलसीपुर उपहानगरपालिका–७ राजापुरका २६बर्षीय सुमन नेपाली एक वर्षपछि पक्राउ परेका हुन् । गतवर्ष असार २२ गते अदालतले लागुऔषध मुद्धामा दोषि ठहर गरेपछि फरार नेपालीलाई पक्राउ गरिएको हो ।
उनलाई अदालतले लागुऔषध ब्राउन सुगर कारोबार मुद्धामा ७ महिना २४ दिन कैद र २० हजार जरिवाना तोकेको छ । पक्राउ परेका नेपालीलाई अदालतको आदेश अनुसार कारागार जलान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार