तिर्थराज ज्ञवाली
देउखुरी दाङ : लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको छ । राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमन संगै त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगा र गढवाको रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको हो ।
भुगर्भ शास्त्री डा. सुमन पन्थी, डा.सुवेश घिमिरे र डा.कमलाकान्त आचार्यको टोलीले इलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माध्यमबाट २ दिन देखी यस क्षेत्रको भौगोलिक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहन शिलताका बारेमा अध्ययन गरिएकोे छ । प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका बारेमा अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डा. सुवेश घिमिरेले जानकारी दिए ।
भुगर्व शास्त्री डा. घिमिरेले विगतको अवस्थालाई अध्ययन गर्दा कुमाउ देखी पोखरा लमजुङ सम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन अनुसन्धान गरिएको बताए ।
भुकम्पीय जोखीम मापनका लागि उच्च स्तरको भि यस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोनको प्रयोग गरी सेस्मोग्राफको माध्यमबाट धेरै टाढाबाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधाको प्रयोग गरेको उनले बताए ।
हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब २ देखि ५ सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै जाने र हिमालयन प्लेटका आधारमा भुकम्पीय धक्काको अनुमान गर्न सकिने हुदाँ यस क्षेत्रको अध्ययन गरिएको टोलिका भुगर्व शास्त्री डा. कमलाकान्त आचार्यले बताए । प्रदेशका लागि आगामी दिनमा ठुला भौतिक संरचना निर्माण हुने हुदाँ जमीनको भुबनौटको बारेमा जानकार हुनु आवस्यक रहेकोले आगामी दिनमा निर्माण हुने संरचना र जमीनको विचमा रहेको अन्तर सम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउन सक्ने प्राकृतिक प्रकोपसंग जमिनमा कस्तो प्रतिक्रिया आउछ भन्ने पत्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भुगर्भ शास्त्री डा.सुमन पन्थीले बताए ।
राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुदाँ राप्ती गउँपालिका क्षेत्र, शितगंगा साथै गढवा क्षेत्रको भुकम्पीय जोखीम मापन पश्चात विश्व विद्यालयले सरोकार वालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने उनले बताए । लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै रहेको र पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै र्आ एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पति भएको मानिदै आएको छ ।
पछिल्लो समय भारत महादिप यसरी अघी बढ्ने क्रम अझै पनि जारी रहेको छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब २ देखि २ सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ, भन्ने कुरा जिपिएसले नापिएको तथ्यांकले देखाउने अध्ययनमा संम्लग्न टोलिले बताएको छ ।