विद्युत प्राधिकरणको गाडीबाट खस्दा एक महिलाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार

दाङ :  गाडीबाट खस्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो सवा २ बजे लमही नगरपालिका ९ नजिक पूर्वपश्चिम राजमार्गमा बा १ ञ २२३१ नम्बरको विद्युत प्राधिकरणको गाडीमा सवार बाँके कोहलपुर नगरपालिका १० निवासी ६६ वर्षिय गोमा सुवेदीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
सुवेदी एक्कासी गाडीबाट खस्दा गम्भीर घाइते भई मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा साढे ५ बजेतिर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार