ज्यान मुद्दाका फरार एक ब्यक्ति १६ बर्षपछि पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २६ गते सोमवार


दाङ :  दाङमा प्रहरीले ज्यान मुद्दाका फरार एक ब्यक्तिलाई १६ बर्षपछि पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ कटाँहाका ५१ बर्षीय टेकबहादुर केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २०६१ साल चैत २९ गते केसी विरुद्ध सर्वोच्च अदालतले कतव्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० बर्ष कैदको फैसला सुनाएको थियो ।

त्यसपछि उनी फरार रहँदै आएका थिए । फरार केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका ३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । उनीे सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । उनलाई दाङ ल्याएर सोमवार दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार