विभिन्न संघसंस्थाद्धारा प्रजिअ रिलाललाई विदाइ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २५ गते आइतवार


शरद रेग्मी
तुलसीपुर : दाङ जिल्लामा कम्तिमा २३ महिना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीपछि सरुवा भएका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई आइतवार तुलसीपुरमा करीव एक दर्जन संघसंस्थाहरुले विदाइ गरेका छन् । तुलसीपुर उद्योग वाणिज्यसंघ सहित रोटरी क्लव अफ तुलसीपुर, लायन्सक्लव अफ तुलसीपुर, रिपोटर्स क्लव दाङ, रोट्रयाक क्लव, त्रिसिद्धेश्वरी राप्ती, रोल्पा उद्योग वाणिज्य संघ, लियो क्लव, लगाएतका संघसंस्थाहरुले सरुवा भएर मकवानपुर जान लागेका रिजाललाई विदाइ गरेका हुन् ।

तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रजिअ रिजालले दाङबासीहरुको अगाध स्नेहनै आफ्नो सम्पत्ति भएको उल्लेखगर्दै दाङ जिल्लासंग पनि आफ्नो अगाध स्नेह निरन्तर रहने बताए। ‘हाम्रो कामको मुल्यांकन भनेकै तपाईहरुको स्नेह र सद्भाव हो, उनले भने, तपाईहरुको मायालाई सधैसधै स्मरण गर्ने छु । ’ सामान्यतया प्रमुख जिल्ला अधिकारीको एक बर्षमा सरुवा हुने चलन रहेपनि दंगालीहरुको मायाले आफु करीव २ बर्ष प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेको पनि समेत उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल, रोल्पा उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य किशोर आचार्य, लायन्स क्लव दाङका अध्यक्ष यज्ञ बहादुर केसी,, रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले प्रमुख जिल्ला अधिकारीको सफल कार्यकालको कामना गरेका थिए । यसैबीच नयांपाइला पुर्नस्थापन केन्द्र विजौरीले पनि सरुवा भएर जान लागेका रिजाललाई एक औपचारीक कार्यक्रमका वीच विदाइ गरेको छ ।

संस्थाका सल्लाहकार शुष्मा गिरीको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा सल्लाहकार सुनील पोख्रेलले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए । त्यस्तै नेपाल रेडक्रस सोसायिटि दाङले पनि प्रमुख जिल्ला अधिकारी रिजाललाई औपचारीक कार्यक्रम गरी विदाइ गरेको छ ।

रेडक्रस सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष कुशल तर्तालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष आचार्यले प्रजिअ रिजालको नयां कार्यकालको सुभकामना व्यक्त गरेका थिए । उच्च अदालत तुलसीपुरले पनि अनौपचारीक कार्यक्रमबीच प्रजिअ रिजालको विदाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार