प्रतिष्ठानमा इएनटि इन्डोस्कोपी ‘फोर के’ सिष्टमको मेसिन जडान

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २५ गते आइतवार

दाङ:  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उच्च प्रविधिको इएनटि इन्डोस्कोपी ‘फोर के’ सिष्टमको मेसिन जडान सुरु भएको छ । मेसिन जडान भएर सेवा सञ्चालनमा आएका जटिल खालको नाक, कान र घाँटी रोगका उपचार प्रतिष्ठानमा हुने नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बिक्रम बुढाथोकीले जानकारी दिए । उनले यो मेसिन जडान भएमा प्रतिष्ठानले दशैं  तिहारपछि सेवा सुरु गर्ने बताए । उनले मेसिनसंगै जनशक्ति व्यवस्थापन हुँदै गइरहेकाले अब प्रतिष्ठानको इएनटी विभाग तिव्र रुपमा अघि बढ्ने पनि बताए ।

टिचिङ र धरानपछि दाङको प्रतिष्ठानमा उच्च प्रविधि सहितको मेसिन जडान गरिएको बताए । इएनटिको सेवा विस्तारका लागि यो मेसिन पश्चिम नेपालमै पहिलो पटक दाङमा जडान गरिएको र उच्च स्तरको मेसिन जडान भएसंगै नाक, कान र घाँटीको जटिल उपचार दाङमै सम्भव हुने र जिल्ला बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने डा. बुढाथोकिले जानकारी दिए ।

नाक, कान, घाँटीको उपचारका लागि प्रतिष्ठानमा जडान गरिएको अत्याधुनिक र धेरै भन्दा धेरै सुविधा सम्पन्न इएनटी इन्डोस्कोपि सिष्टमको मेसिन रहेको पनि बताए । अब नाकमा मासु पलाएको, ट्युमर, पिनास लगायतका नाक सम्बन्धी उपचार प्रतिष्ठानमा हुने छ । नाक सम्बन्धी सामान्य उपचारका लागि यो भन्दा अगाडि जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार