दाङ : जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा घोराहीमा आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक समिक्षा गर्न थालिएको हो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदवहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपालीले जिवनको महत्वपुर्ण बाटो स्वास्थ्य भएकाले यसलाई विशेष ध्यान दिनु पर्ने बताए । उनले जनप्रतिनिधिहरु र स्वास्थ्य क्षेत्रमा कार्य गर्ने कर्मचारीहरु सहकार्य गरेर अगाडि बढ्नु पर्ने समेत बताए । त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले स्वास्थ्यको जटिल परिस्र्थीतीमा स्वास्थ्य कर्मीहरुले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले स्वास्थ्यकर्मीले गरेको यस प्रकारको कार्य उच्च मुल्याङकन गरिएको समेत बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले सरकारले तोकेका मापदण्ड कार्यान्वय गरी अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा राप्ती प्रादेशिक अस्पातल तुलसीपुरका मेसु सर्वेश शर्मा, स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेश वुटवलका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्याल लगाएतकाले भनाइ राखेका थिए ।