शिक्षा मन्त्री पोखरेललाई पनि कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २५ गते आइतवार

काठमाडौं :  शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ। शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार लक्षणसहितको कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन्।

ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए। कोरोना पुष्टि भएपछि उनलाई चिकित्सकहरुले आइसोलेसनमा राखेका उनका सहयोगी विनोद न्यौपानेले जानकारी दिएका छन्। शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना देखिएको छ।

मन्त्री पोखरेल बिहीबार, शुक्रबार र शनिबार अनसनरत डाक्टर गोविन्द केसीको टोलीसँग वार्ताका लागि जुटेका थिए। शिक्षा सचिव गोपीनाथ मैनाली र केसीको वार्ता टोलीसँग पनि उनले बसेर छलफल गरेका थिए।  केसीको अनसन तोडाउने प्रयोजनका लागि पोखरेलले बालुवाटारमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार