काठमाडौँं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप २ हजार ७१ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । त्यस्तै १५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
नेपालमा कोरोना भाइरसबाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ६६ बर्षीया महिला, ६० वर्षिय पुरुष, ७० बर्षीय पुरुष, ७५ बर्षीयपुरुष र ८३ बर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ बर्षीय पुरुष, भक्तपुरमा ४४ बर्षीय पुरुष र ५७ बर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी चितवनमा एक ७५ बर्षीया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ बर्षीय पुरुष र ९८ बर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ६२ बर्षीया महिला, ६५ बर्षीय पुरुष, धनकुटामा ६१ बर्षीया महिला, सर्लाहीमा ३८ बर्षीय पुरुष मकवनपुरमा ८५ बर्षीया महिला सिन्धुपाल्चोकमा ६३ बर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै नुवाकोटमा ७७ बर्षीय पुरुष, रुपन्देहीमा ६० बर्षीय पुरुष, ६१ बर्षीय पुरुष र ८४ बर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।