दाङ : साझा पार्टी दाङको जिल्ला संयोजकमा गजेन्द्र कुमार चौधरी चयन भएका छन् । त्यस्तै सह– सहयोजकमा के.पी. न्यौपाने र पार्टीको जिल्ला प्रवक्तामा शिव कुमार चौधरी चयन भएको पार्टीका केन्द्रिय सदस्य मधुशुदन केसीले जानकारी दिए । शनिवार चौधरीको नेतृत्वमा ३२ सदस्यीय संगठन बिस्तार भएको हो । त्यस्तै संगठन विभाग प्रमुख नविन ओली, घोराही उपमहानगरपालिका प्रमूख खगेश्वर प्रसाद पौडेल, लमही नगरपालिका संयोजकमा बाबुराम कुमाल, तुलसीपुर उपमहानगरपालका संयोजकमा के.पी. न्यौपाने, दंगिशरण गाँउपालिका संयोजकमा बालुराम चौधरी रहेको केसीले जानकारी दिए ।
त्यस्तै शान्तिनगर गाँउपालिका संयोजकमा सागर सापकोटा, जेष्ठ नागरीक बिभाग प्रमूखमा भिमकान्त भण्डारी, प्रशिक्षण बिभाग प्रमूखमा शोभाराम खनाल, अभियान बिभाग प्रमूखमा शिशिर देवकोटा, लेखा बिभाग प्रमुखमा रबिना रावत , कार्यालय ब्यवस्थापन प्रमूखमा सुरज केसी रहेका छन् । त्यस्तै जिल्ला महिला सदस्यमा निमा डि.सी, भावना मल्ल ठकुरी रहेको पार्टिले जनाएको छ ।