नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिन भेटिएको सबै भन्दा धेरै संक्रमण हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।यसैबीच कोरोना संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीका ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, ललितपुरका ४३ र ४९, भक्तपुरका ६८, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङका ३१ वर्षीया महिला, नवलपरासी पूर्वका ३६ र रुपन्देहीका ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार