सरकारले भन्यो : डिस्चार्ज हुनेभन्दा संक्रमित बढे, अप्ठयारो परिस्थति आयो

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

काठमाडौँं  : सरकारले कोरोना संक्रमणको दर बढ्दै गएर अप्ठ्यारो परिस्थिति आएको बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले कोरोना संक्रमित डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै गएकाले धेरै अफ्ठ्यारो स्थिति आएको बताए । हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी भएको उनले बताए ।

‘ डिस्चार्ज हुने दर घटेको छ र संक्रमित हुने दर बढेको छ । यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्‍याउँदैछ भन्ने आँकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं,’ उनले भने । सरकारले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यालयमा कुनै पनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार