शान्तिनगर ३ का वृद्ध सुनार दम्पतीलाई आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

शान्तिनगर :  शान्तिनगर गाउँपालिका ३ का वृद्ध चन्द्र बहादुर सुनार र चन्द्रमती सुनारलाई आर्थिक सहयोग गरिएको छ । दुबै जना बृद्ध अवस्थामा भएको र उनीहरुको साहारामा कोहि पनि नभएकाले दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा विभिन्न ब्यक्तिहरुले दिएको ६ हजार ५ सय रुपैयाँ सहयोग गरिएको हिमाल विसीले जानकारी दिए ।

त्यसैगरी सुनार दम्पतीहरु बस्नको लागी विभिन्न घर निर्माण गरिदिएको उनले बताए । ‘ सम्पतिको नाममा त्यो घर वाहेक उहाँहरुसंग केही पनि छैन्,’ उनले भने,‘ उहाँहरु बृद्धि र विरामी पनि हुनु हुन्छ । अवस्था निकै दनिय रहेको छ । ’

सुनारलाई सहयोग गर्नेमा शान्तिनगर २ निवासी हाल कुवेदमा रहेका गम्मर बहादुर विकले ३ हजार, बबई गाउँपालिका कृषि शखा प्रमुख चन्द्र सोभा कडेलले ३ हजार र नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य तथा महिला नेत्री राधिका परियारले ५ सय दिएको सहयोग घरमै गएर हस्तान्तरण गरेको विसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार