तुलसीपुरमा शनिवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

तुलसीपुर :  तुलसीपुरमा शनिवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिक बाट लिएको स्वाव पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिउ । संक्रमण हुनेमा १ जना महिला र ५ पुरुष रहको उनले जानकारी दिए ।

ति मध्य तुलसीपुर ५ का २३ र ३१ बर्षीय पुरुष, वडा नं. ६ की ५० बर्षीय महिला, वडा नं. ७ का २३ बर्षीय पुरुष, वडा नं. १७ का ४२ बर्षीय पुरुष र वडा नं. १८ का २८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३०८ पुगेको छ, भने सकृय संक्रमित संख्या ९० जना रहेका छन् । साथै हाल सम्म डिस्चार्ज संख्या २०८ जना निको भएर डिस्चार्ज भएको फोकल पर्सन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार