रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको दाङमा मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

दाङ : रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका ३ की ६६ बर्षीय महिलाको शनिवार विहान ८ बजे मृत्यु भएको अस्पातलका ब्यवस्थापक दोर्ण वलीले बताए ।

‘ उनीलाई थप उपचारको लागी भैरहवास्थित भीम अस्पतालबाट रेफर गरिएर राती साढे १० बजेतिर अस्पतालमा ल्याएको थियो,’ उनले भने,‘ करिब राती ११ बजेतिर आइसीयुमा राखेर उपचार गरिएको थियो ।

तर उनको विहान मृत्यु भएको हो । ’ उनलाई उच्चरक्तचाप , सुगर रोगसंगै कोरोना संक्रमण भएको उनले बताए । त्यसैगरी उनको शव ब्यवस्थापनको लागी तयारी भइरहेको वलीले बताए । अहिले अस्पताल २ जना आइसीयुमा र ७ जना जनरल बेडमा रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार