तुलसीपुरमा शुक्रवार थप १४ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २३ गते शुक्रवार

तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिकामा शुक्रवार थप १४ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिक बाट लिएको स्वावमा परीक्षण गर्दा ११ पुरुष र ३ महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको उपमहानरको जन स्वास्थ प्रबर्द्धन शाखाका फोकल पर्सन बिमल केसीले जानकारी दिए।

उनका अनुसार , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का १८,२१,२६ र २८ बर्षीय, वडा नम्बर ६ मा २१,२३,३५ बर्षीय पुरुष र ४३ बर्षीय महिला, वडा नम्बर १५ का २७ बर्षीय पुरुष ,वडा नम्बर १८ का २१,३४ र ३५ बर्षीय पुरुष र २२ बर्षीयमहिला र वडा नम्बर १९ का ३६ बर्षीय पुरुष गरी १४ जना संक्रमित भएका हुन् । योसंगै तुलसीपुरमा कोरोना संक्रमित हुनेको संख्या ३०२ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ९४ जना रहेका फोकल पर्सन केसीले जानकारी दिए । तुलसीपुरका मेयर घनश्याम पाण्डे र उनका स्वकीय सचिब धर्म वलीलाई समेत विहीवार कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार