बंगलाचुलीमा सामाजिक सुरक्षाा तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि तालिम शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २३ गते शुक्रवार

बंगलाचुली : बंगलाचुली गाउँपालिकाको वडा स्तरिय पञ्जिकाधिकारी र कर्मचारीहरुका लागि सामाजिक सुरक्षाा तथा व्यक्तिगत घटना दर्ता सम्वन्धि ४ दिने तालिम शुक्रबार देखि गाउँपालिकाको कार्यालय कमिरेचौरमा सुरु भएको छ ।  सामाजिक सुरक्षाा तथा व्यक्तिगत घटना दर्ता प्रलाणी सुदृढीकरण आयोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको विशिष्ट आतिथ्यता र उपाध्यक्ष यमुना थापामगरको प्रमुख आतिथ्यमा तालिमको सुरु गरिएको हो । तालिममा ८ वटै वडाका वडा सचिव तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको छ ।

गाउँपालिकालाई सामाजिक सुरक्षाा तथा व्यक्तिगत घटना दर्ता प्रलाणीमा कागज रहित बनाउका लागि तालिमले मुख्य भूमिका खेल्ने अपेक्षा राखिएको छ । गाउँपालिकाका प्रशासन तथा जिन्सि प्रमुख गोपाल केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण एमआईएस अपरेटर कमल कवर मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार