लमही आँखा अस्पतालमा ‘फेको’बाट शल्यक्रिया गर्न शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २३ गते शुक्रवार

फाइल फोटो

दाङ : दाङको लमही आँखा अस्पतालमा अत्याधुनिक प्रविधि ‘फेको’बाट शल्यक्रिया गर्न थालिएको छ । मेसिनले शल्यक्रिया गरेर आवश्यक काम मेसिनले नै गर्ने प्रविधिलाई ‘फेको’ भनिन्छ ।  यही प्रविधिको प्रयोग लमही आँखा अस्पतालमा गर्न थालिएको अस्पतालले जनाएको छ । यसअघि आँखाको जटिल समस्याको शल्यक्रिया गर्न भैरहवा वा काठमाण्डौ नै जानुपर्ने बाध्यता अब हटेको लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत शमशेर थापाले बताए ।

दाङको लमही र तुलसीपुरको रक्षाचौरमा आँखा अस्पताल छन् । तर, आँखाको सबै उपचार हुँदैन । लमहीमा रहेको आँखा अस्पतालको स्तरवृद्धि गरेर प्रादेशिक तहको आँखा अस्पताल बनाउन जोड दिइएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भएपछि आँखाको सबै प्रकारको उपचार र सेवा लमहीबाट प्रदान गर्न आँखा अस्पतालको स्तरवृद्धि गर्न आवश्यक रहेको थापाले बताए ।
विसं २०५८ सालमा लमहीमा साप्ताहिक आँखा उपचार क्लिनिक सुरु गरिएको थियो । २०६३ सालबाट दैनिक आँखा उपचार र २०७० सालबाट अस्पतालको रुपमा सेवा सुरु गरेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार