कर्णाली बैंक बिजौरी शाखाका एक कर्मचारीमा कोरोना पुष्टि

शाखा ३ दिनका लागि बन्द
Author Logo..
अनलाइन राप्ती २०७७ असोज २१ गते बुधवार

तुलसीपुर :  कर्णाली डेभलपमेन्ट बैंकको बिजौरी शाखा ३ दिनका लागि बन्द भएको छ । बैंकमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भए पछि बैंकबाट दिदै आएको मोवाईल बैंकिङ सेवा बाहेक सम्पुर्ण सेवा ३ दिनका लागि बन्द गरिएको बैंकले सूचना प्रकाशित गरि जनाएको छ । ‘यस कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना भाईरस देखिएको हुँदा बैंक परिसरलाई निर्मलीकरण तथा संक्रमण रोकथामका लागि अत्यावश्यक कार्य गर्नु पर्ने भएकाले यही असोज २१ गते देखि २४ गते हनिवार सम्मको लागि शाखाको मोवाई बैंकिङ सेवा बाहेक अरु सम्पुर्ण सेवा ३ दिन सम्म बन्द रहने छ’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार