नेपालमा वितेको २४ घण्टामा ३ हजार ४ ३९ नयाँ संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २१ गते बुधवार

काठमाडौं :  नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको हो । अहिलेसम्म ९४ हजार २ सय ५३ जनामा कोरोना सङ्क्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो ।  यस्तै बुधबार १५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५ सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार