कोरोना जोखिम कम गर्न सरकारको आग्रह अहिले जो जहाँ छौं त्यही दशैं मनाउन

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २१ गते बुधवार


काठमाडौं : ओहोरदोहोर गर्दा कोरोनाको संक्रमण फैलिने भन्दै सरकारले अहिले रहेकै ठाउँमा दशै मनाउन सबैलाई आग्रह गरेको छ ।गाउँ जाँदा र शहर फर्किँदा संक्रमण फैलिने भन्दै सरकारले यसपालि बसेकै ठाउँमा दशैं मनाउन आग्रह गरेको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिक कोरोनाको जोखिममा रहेकाले पनि उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिएर व्यवहार गर्न सरकारको आग्रह छ । यसबाहेक सरकारले शहरी क्षेत्रमा कोरोनाको जोखिम उच्च रहेको भन्दै चाडपर्व लक्षित ओहोरदोहोर पनि धेरै नगर्न भनेको छ । शहरी क्षेत्रबाट गाउँ जाँदा संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भन्दै सरकारले वैकल्पिक उपाय अपनाउँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।

पछिल्लो समय काठमाडौ‌ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि सरकारले काठमाडौंबाट जिल्ला जाने नागरिकलाई सतर्क हुन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार