तुलसीपुरमा मंगलवार ४ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २० गते मङ्गलवार

तुलसीपुर : तुलसीपुरमा मंगलवार ४ जना कोरोना संक्रमितहरु थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा फिवर क्लिनिकबाट गरीएको पीसीआर परीक्षणमा तुलसीपुर १३ का ३९ बर्षीय पुरुष र २९ बर्षीय महिला, तुलसीपुर ६ का २९ बर्षीय महिला र ४३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

योसंगै हाल सम्म तुलसीपुरमा कोरोना संक्रमित संख्या २५० जना पुगेको छ । साथै संकृय संक्रमित संख्या ४४ जना रहेको समेत उनले जानकारी दिए । त्यस्तै अहिले सम्म २०६ जना कोरोना मुक्त भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार