राजधानी दाङ राख्ने प्रस्तावकाे विपक्षमा मतदान गरिए ह्विप उलल्घंन हुन्छ : सांसद चौधरी

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २० गते मङ्गलवार

फाइल फोटो

दाङ :  प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रमा हुनुपर्ने पक्षमा रहेको प्रदेश सभाका सांसद डिल्ली बहादुर चौधरीले बताए । प्रदेश सभामा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई भालुवाङमा राजधानीको विपक्षमा मतदान गर्न मंगलबार ह्विप जारी गरिएमा त्यसलाई क्रस गर्ने समेत चौधरीले बताए ।

भुगोल र पहुँच आदि कारणले राप्ती उपत्यकमा राजधानी हुनुपर्ने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा गरेको प्रस्ताव स्वागत योग्य रहेको समेत उनले बताए ।

प्रदेश ५ प्रदेश सभामा दाङमा डिल्लीबहादुर चौधरी,अर्जुनकुमार श्रेष्ठ र शंकर गिरी छन् । गृह जिल्ला दाङ रहेका र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा रहेका दिपक गिरी,पार्वती डिसी चौधरी, शिला खड्का,योगेन्द्र चौधरी,कृष्णकिशोर घिमिरेले दाङको राप्ती उपत्यकको भालुवाङमा प्रदेश सरकारले गरेको प्रस्तावको स्वागत गरेका छन्। संयुक्त बिज्ञप्ती जारि गरि गृह जिल्ला बर्दिया र कांग्रेस केन्द्रीय समितिको सदस्यमा रहनुभएका किशोर सिंह राठौर,बर्दियाकै गोपाल दहित,नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र नेपाली काग्रेस रोल्पाका सभापति अमर सिंह पुनले भालुवाङमा प्रदेश राजधानीको पक्षमा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार