तुलसीपुर : तुलसीपुरमा सोमवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा फिवर क्लिनिकबाट लिएको स्वाब परीक्षण गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३५ बर्षीय पुरुष , वडा नं ७ का २९ बर्षीय र ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या २४५ पुगेको छ, भने ३९ जना संक्रिय संक्रमितहरु रहेको उनले बताए । साथै हाल सम्म २०६ जना ब्यक्तिहरु कोरोना मुक्त भइ घर फर्किएको समेत उनले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस