नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १९ गते सोमवार

काठमाडाैं : नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणाबाट मृत्यु हुनेकाे संख्या ५ सय ५४ पुगेको छ ।आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ ।

सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि आइतबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार