सल्यानमा २८ दिने बालकलाई जंगलमा फाल्ने आमा सहित २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १९ गते सोमवार

सल्यान :  सल्यानमा २८ दिने बालकलाई बेवारीसे अवस्थामा जंगलमा फाल्ने आमा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालककी आमा शारदा नगपालिका ३ की ३५ बर्षीय शान्ता परियार र वडा नम्बर २ पानीखोलाका का ३८ बर्षीय दान बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरुलाई सोमवार दिउँसो विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षण लक्ष्मण ओलीले जानकारी दिए । तर उनीहरु श्रीमान श्रीमति नभएको र पुरुष विवाहित तथा महिलाको सम्बन्ध बिच्छेद भइ सकेको बुझिएको छ । गत वर्ष कात्तिकमा रोजगारीको शिलसिलामा भारतको उत्तराखंडमासँगै गएका यी दुवैजना दशैं मान्न घर संगैै फर्किएका थिए।

गाड्डाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक क्वारेन्टाइनमा ३ दिन बसेका थिए । आइतबार सल्यानको श्रीनगर घर फर्कदा उनीहरुले बच्चा नलैजाने सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा बेलुका ६ बजेतिर फालेका थिए ।

उक्त बालकको सोमवार विहान साढे ६ बजे शारदा नगरपालिका ३ घोरुलोटेको जंगलमा बेवारीसे अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी बालकको उद्दार गरेको थियो । अहिले बालकलाई जिल्ला अस्पतालमा राखिएको र अवस्था सामान्य रहेको जनाइएको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा भएकाले जंगलमा फालेको बयान उनीहरुले दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार