दाङ : दाङमा वितेको २४ घण्टा ३ जनासंगै कोरोना संक्रमितको संख्या १२ सय ४ पुगेको छ । ति मध्य १ हजार २६ जना डिस्चार्ज भएका छन्, भने १७६ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमित मध्य ३ जनाको मृत्यु भएको छ । १ जना भारतको दिल्लीमा, १ जना घोराहीमा र एक जना काठमाडौँमा मृत्यु भएको हो ।
जिल्लाका १० पालिका मध्य सबै भन्दा बढि घोराही उपमहानगरपालिकामा देखिएको छ । उपमहानगरमा हाल सम्म ४४८ जनालाई कोरोना पुष्टि भएको र ति मध्य ३९४ जना निको भएर डिस्चार्ज भएका र २ जनाको मृत्यु भएको फोकल पर्सन कलम चन्दले जानकारी दिए । साथै अहिले ५२ जना संक्रिय सक्रमितहरु रहेको उनले जानकारी दिए । त्यस्तै तुलसीपुर उपमहानगपालिकामा २४४ जनामा कोरोना पुष्टि भएको छ ।
ति मध्य १९० जना निको भएर डिस्चार्ज,१ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो, भने अहिले ५४ जना संक्रिय संक्रमितहरु रहेका छन् । त्यस्तै गढवामा ४९ जना मध्य ४८ जना डिस्चार्ज, १ जना संक्रिय संक्रमित, दंगीशरण गाउँपालिकामा ९ जना मध्य सबै निको भएका छन् । बंगलाचुली गाउँपालिकामा १६१ जना मध्य १६० जना डिस्चार्ज, १ जना संक्रिय संक्रमित, बबई गाउँपालिका ४१ जना मध्य सबै निको भएका छन् ।
राजपुर गाउँपालिकामा ३० जना मध्य २८ जना डिस्चार्ज २ जना संक्रिय संक्रमित, राप्ती गाउँपालिका ४९ जना मध्य ४५ जना डिस्चार्ज र ४ जना संक्रिय संक्रमित रहेका छन् । लमही नगरपालिकामा ८७ जना मध्य ३६ जना डिस्चार्ज र ५१ जना संक्रिय संक्रमितहरु रहेका छन् । शान्तिनगर गाउँपालिकामा ८२ जना मध्य ७२ जना डिस्चार्ज र १० जना संक्रिय संक्रमितहरु रहेका छन्, भने अन्य ४ जना ठेगाना नखुलेकामा कोरोना संक्रमण पुष्टि भएकोमा सबै डिस्चार्ज भएको फोकल पर्सन चन्दले जानकारी दिए ।